काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफू राष्ट्र बैंक ऐनअनुसार योग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । गभर्नरको नियुक्ति बदरको मागसहित अधिवक्ता अनन्तराज लुइँटेल लगायतले दायर गरेको रिटमा सर्वोच्चले जवाफ मागेपछि पौडेलले आफ्नो शैक्षिक तथा पेशागत योग्यता उल्लेख गर्दै जवाफ बुझाएका हुन्