काठमाडौं । नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आवको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीति मार्फत गरिएका नयाँ व्यवस्थाहरूले निजी क्षेत्रका कर्जा प्रवाह र घर निर्माणजस्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।