काठमाडौं । पोखरास्थित पोखरा बचत तथा ऋण सहकारीमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङसहित सात जना पक्राउ परेका छन् । सहकारीको रकम व्यवस्थापक, कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा व्यक्तिगत स्वार्थका लागि हिनामिना गरिएको गण्डकी प्रदेश सहकारी रजिस्टारको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।