३ आश्विन २०८३, शनिबार

बैंक

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिदार्थ हस्पिटालिटी सहित विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिदार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ।