काठमाडाैं । १ हजार रूपैयाँकाे नेपाली नाेट चीनमा छापिने भएको छ । उक्त नाेट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ । चिनियाँ कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेगरी ठेक्का पाएको हो ।