काठमाडौं। नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा गणेशप्रसाद अवस्थी बढुवा भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले नायब महाप्रबन्धक पदमा कार्यरत अवस्थीलाई डेपुटी सीईओमा पदोन्नति गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा साढे दुई दशक भन्दा लामो अनुभवी यात्रा तय गरिसकेका अवस्थी ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट