काठमाडौँ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त तथा वित्तीय शोषणबाट पीडितहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन्। लघुवित्त संस्थाको ऋणका कारण आफूहरू समस्यामा परेको भन्दै काठमाडौंमा आन्दोलन गर्दै आएका ऋणी र नेपाल सरकारबीच १४ बुँदे सहमति भएको हो। सहमतिपछि ऋणीहरूले