५ आश्विन २०८३, सोमबार

बैंक

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अटो लोनको बहार: ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबी बैंकको विशेष अफर

काठमाडाैं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरुले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् । नाइमा एक्स्पोको को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरु सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमै सुविधा दिएका हुन्