११ श्रावण २०८३, सोमबार

Banner First

अब सेयर किन्ने बेला बैंक खातामा रकम अनिवार्य

काठमाडौं । अब सेयर बजारमा कारोबार गर्नुअघि लगानीकर्ताको बैंक खातामा अनिवार्य रकम भएको हुनुपर्नेछ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि सार्वजनिक गरेको नीतिमा यस्तो व्यवस्था समेटिएको हो । बोर्डका अनुसार दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा बैंक खातामा रकम भए मात्र कारोबार हुने नियम कार्यान्वयनमा ल्याइनेछ ।