काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । सम्झौतापत्रमा आइतबार बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्