कर्पोरेट मुभमेन्ट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट मुभमेन्ट

सांग्रिलाको ‘वेटिङ सीईओ’मा भण्डारीको प्रवेश, सोमबारदेखि कार्यभार सम्हाल्ने

काठमाडौँ । सांग्रिला डेभेलपमेन्ट बैंकले उमेशसिंह भण्डारीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा भित्र्याउने भएको छ । बैंकको सञ्चालक समितिले गत साता उनलाई उच्च व्यवस्थापनमा भित्र्याउने निर्णय गरेको हो । गत शुक्रबार सञ्चालक समितिले उनलाई डेपुटी सीईओको पदमा नियुक्त गरेपछि अब सोमबारबाट उनले कार्यभार सम्हाल्ने बैंक स्रोतले बताएको छ ।