काठमाडौं । सम्पूूर्ण आयोजनाहरुको म्याद थप्न नेपाल निर्माण व्यवसायी महासंघले माग गरेको छ । शहरी विकास र भौतिक पूर्वाधार मन्त्री सीता गुरुङलाई भेट्न पुगेको महासंघकाको टिमले यस्तो माग गरेको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपमा दुई वर्ष म्याद थप गर्न माग गरेका हुन् ।