काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को नाफा, आम्दानी लगायतका सूचकमा गिरावट आएको छ । कम्पनीले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ७.६० प्रतिशत घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।