काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत्र ४ गते बुधवार नेपाल बैंक लिमिटेड सन्चालक समिति अध्यक्ष श्री मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नुभएको हो ।