कर्पोरेट « Arthapath.com
२९ आश्विन २०८०, सोमबार

कर्पोरेट

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ । बडादशैंको दोस्रो दिन आज (असोज २९ गते) देखि नयाँ नोट साट्न पाइने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो। काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ।