पूर्वाधार « Arthapath.com
१० असार २०८२, मंगलबार

पूर्वाधार

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण सो सडक खण्ड अवरुद्ध बनेको हो । आज दिउँसो १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेको थियो । पहिरोले सडक अवरुद्ध बनेको हो । हाल मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।