२ कार्तिक २०८३, सोमबार

बीमा

जीवन बीमा कम्पनीले दिए बीमितलाई ७९ अर्ब ६७ करोड ऋण, बीमालेख धितो कर्जाबाट हुने आम्दानी बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले ९ महिनामा बीमालेख धितोमा साढे ७९ अर्ब बढी कर्जा लगानी गरेका छन् । संचालनमा रहेका जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।