काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठ नियुक्ति भएका छन्। कम्पनीको आज अर्थात जेठ ९ गते मंगलबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्ति गरेको हो । श्रेष्ठलाई सीइओमा नियुक्तिका लागि संचालक समितिले गत बैशाख २७ गते नेपाल बीमा प्राधिकरणमा सिफारिश गरेको थियो