काठमाडौं । अजोड इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया भाँडिएपछि लामो समय तटस्थ बसेको प्रभु इन्स्योरेन्स अन्ततः नेपाल इन्स्योरेन्ससँग मर्जरमा जाने संकेत देखिएको छ । हाल यी दुवै कम्पनीका सञ्चालक लगायतका उच्च पदस्थ अधिकारीहरु मर्जरका लागि आन्तरीक छलफलमा जुटेका हुन् । गत असारमा अजोड र प्रभु इन्स्योरेन्स बीच मर्जरको प्रारम्भिक सहमति भएको थियो,