काठमाडौं । प्रुरुडेन्सियल इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । अब कम्पनीको संसोधित लाभांश ३.५० प्रतिशत भएको छ । यसअघि, कम्पनीले सेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बीमा प्राधिकरणको निर्देशन अनुसार लाभांशको दर परिमार्जन गरेको कम्पनीले जनाएको छ