१ कार्तिक २०८३, आइतबार

बीमा

लाभांश पारित गर्दै प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ