अन्तर्वार्ता « Arthapath.com
१० माघ २०८०, बुधबार

अन्तर्वार्ता

‘अर्थतन्त्र सुधारको सङ्केत चैतसम्म तथ्याङ्कमै देखिने छ’ सीईओ किरणकुमार श्रेष्ठको विचार

वित्तीय क्षेत्रमा समस्याहरू आइरहन्छन् । तर समस्याको प्रकृतिहरू फरक फरक हुन्छ । हामीले एक वर्ष अगाडी देखेको समस्या भिन्न थियो । त्यस बेला सिडी रेसियो असाध्यै टाइट भएको, लगानीयोग्य रकमको अभाव भएको अवस्था थियो । त्यसले गर्दा निक्षेपको ब्याजदर बढेर उच्च अङ्कमा पुगेको थियो । यसले कर्जाको ब्याजदरलाई पनि भारी