काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुन आज तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।