स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकास्थित एक मतदान केन्द्रमा मतदान अधिकृतको गम्भीर त्रुटिका कारण मतदान कार्य स्थगित भएको छ। वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो। मतदानका लागि प्रयोग भइरहेको मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। हस्ताक्षर नभएको मतपत्र फेला परेपछि