समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, पूर्वाधार र ऊर्जामा दीर्घकालीन सहकार्यको चर्चा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डका तर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।