काठमाडौँ। वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई भार नपर्ने र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्ने बताएका छन् । सचिव दुवाडीले मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणको लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्दै यस्तो सुधारका क्रममा राज्यमाथि अतिरिक्त व्ययभार हुन नहुने तथा उपभोक्तामाथि पनि अन्याय गर्न नहुने बताए ।