१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

मंगलबार नेप्से १.५४ अङ्कले घट्यो, परिसूचक २७ सय ३३ दशमलव ५९ बिन्दुमा सीमित

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट गिरावट आएको छ । गत बिहिबारदेखि घटेकाे सेयर बजार आज निरन्तर चाैथाे दिन पनि घटेकाे हाे । हिजाे २०.२७ अंकले घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.५४ अंकले घटेर २७ सय ३३ दशमलव ५९ बिन्दुमा रोकिएको हो ।