काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ ।बैंकको ‘१०५ प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज ‘पीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर भएको १००० रुपैयाँ अंकित मूल्य दरका कुल १७ लाख ४१ हजार ८८४ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।