काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको ३९.३६ प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता ३६३ रूपैयाँ २७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४६६ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।