काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओमा पहिलो दिन मै ४२ करोड ६५ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज २५ गते साँझ ५ः०७ बजेसम्म ३ लाख ६६ हजार ७११ जना आवेदकले ४२ लाख ६५ हजार ७९० कित्ता लागि आवेदन दिएका हुन् ।