७ कार्तिक २०८३, शनिबार

शेयर

डिभाइन हेल्थकेयरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ। डिभाइन हेल्थकेयर लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा डिभाइन हेल्थकेयरको तर्फबाट अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर