काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आइपुग्ने गरि दिनुपर्नेछ ।