१० कार्तिक २०८३, मंगलबार

शेयर

सान्भि इनर्जीको आईपीओ आजदेखि बिक्री खुला, कस्ताे छ कम्पनीकाे वित्तीय अवस्था ?

सान्भि इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि, अब कम्पनीले बाँकी शेयर आम नागरिकका लागि खुला गरेको हो। कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा कूल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी