१० श्रावण २०८३, आइतबार

शेयर

सेयर बजारमा हरियाली : ६१ अंकले बढ्यो नेप्से, १५ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आइतबार सेयर बजार २.५४ प्रतिशतले बढेको छ । गत साता ९.९७ प्रतिशत बढेको बजार यस साताको पहिलो दिन पनि उच्च अंकले बढेको हो । आज सेयर बजार मापक नेप्से परिसूचक ६१.६१ अंकले बह्दर २४८५.९४ बिन्दुमा पुगेको छ ।