काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । सोमबार सर्पोट लघुवित्त वित्तीय संस्थाको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो