काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा कुल ४१ वटा संस्थाले आवेदन दिएका छन् । पहिलो पटक बुक बिल्डिङ्ग मार्फत कम्पनीले निष्कासन गरेको सेयरमा ४१ वटा संस्थाहरुले ३६ लाख कित्ता सेयरका लागि माग गरिएको छ । कम्पनीको प्राथमिक सेयरमा संस्थागत लगानीकर्तालाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ