काठमाडौं । साताको चौथो कारोबारको दिन बजार झिनो अकंले बढेको छ । मंगलबार राताम्य भएको बजार आज सामान्य सुधार आएको हो । दिन भरी ओरालो लागेको बजार अन्तिम १० मिनेटमा बजारमा सुधार देखिएको हो । सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जालाई सहजिकरण हुने आशामा लगानीकर्ताले सेयरको माग बढाएका थिए ।