काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा १० अर्ब ८४ करोड ८३ लाख २१ हजार ४५० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार २२ गते) साँझ ५ः४ बजेसम्ममा ५ लाख ७६ हजार ८१ जना आवेदकबाट ४ करोड ४९ लाख ३८ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो