काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ ।साताको तेस्रो कारोबार दिन प्रभु बैंकको ऋण २०८७ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यमा भारी गिरावट आएको हो । सो दिन प्रभु बैंकको ऋणपत्र २०८७ को सेयर मूल्य ९.२९ प्रतिशतले अर्थात प्रतिकित्ता ७५ रुपैयाँ ६० पैसाले घटेको हो ।