काठमाडौं । पत्रकार यम बमकाे अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन भएकाे छ । सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूकाे शनिबारकाे भेलाले नयाँ पत्रिका दैनिकका पत्रकार बमकाे संयाेजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेकाे हाे । समितिकाे उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भुपेन्द्र शाह र काेषाध्यक्षमा सरिता थारू रहेका छन्।