२० भदौ २०८३, शनिबार

प्रविधि

फिफा विश्वकपको अनधिकृत प्रसारणमा रोक, ३५ वेबसाइट ब्लक गर्न निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल २०२६ का खेलहरू अनाधिकृत रूपमा प्रसारण (स्ट्रिमिङ) गर्ने तयारी गरिरहेका पाइरेटेड तथा अनअथराइज्ड वेबसाइट र एपहरूमाथि रोक लगाउन कडा निर्देशन दिएको छ। प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले एक पत्र जारी गर्दै नेपालभित्रका सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता अनधिकृत प्रसारण रोक्ने व्यवस्था