७ कार्तिक २०८३, शनिबार

प्रविधि

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं। नेपाल टेलिकमले मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल राराताल नजिक रहेको मुर्माटपमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार उक्त सेवा असार १५ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो। रारा राष्ट्रिय निकुञ्जभित्र रहेको मुर्माटप रारातालको मनोरम दृश्यावलोकनका लागि लोकप्रिय गन्तव्य मानिन्छ। रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थानबाट राराताल,