कुलमानको नियुक्ती सामाजीक सञ्जालमा सिमित : सरकारका प्रवक्ता खतिवडा « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

कुलमानको नियुक्ती सामाजीक सञ्जालमा सिमित : सरकारका प्रवक्ता खतिवडा



काठमाडौं । गत मंगलबार सांझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री एवम् सञ्चार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्नुभएका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कुलमानको नियुक्तीबारे अनभिज्ञता प्रकट गरे ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भने सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरियो भनेर सामाजीक संजालमा आएको देखेँ कस्तो निर्णय हो सरकारलाई थाहै नभई निर्णय भएको भन्दै हास्यमा उठाइदिए ।

आगामी भदौ २९ गतेसम्म कार्यकाल बाँकी रहेका कुलमान घिसिङबारे मंगलबार साँझदेखीनै मिडिया र सामाजीक संजालमा शुभकामना आएका थिए । सोही शुभकामनाबारे संचारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले कुलमानको नियुक्तीबारे सरकारलाई थाहा नभएको बताए ।

त्यो क्याविनेट बैंठकमा आफुपनि भएको भन्दै विद्युत प्राधिकरण्को कार्यकारी निर्देशकको कार्यकाल थपबारे कुनै निर्णय नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्