सूर्या लाइफका नवनियुक्त सीईओ पवन खड्काले आजदेखि कार्यभार सम्हाले « Arthapath.com
१ असार २०७८, मंगलवार

सूर्या लाइफका नवनियुक्त सीईओ पवन खड्काले आजदेखि कार्यभार सम्हाले



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका हुन् । खड्काले गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका थिए ।

कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने छन् ।

इन्स्योरेन्सको संचालक समितिले् यही जेठ १३ गते खड्कालाई सीईओ नियुक्तीको लागी बीमा समिति पठाएको थियो । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

बेलायतबाट चार्टर्ड एकान्टेण्ट अध्ययन गरेका खड्का नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेका थिए । खड्कासँग बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्