राष्ट्रिय बीमा कम्पनीले माग्यो सीईओको आवेदन, १५ दिनको म्याद « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

राष्ट्रिय बीमा कम्पनीले माग्यो सीईओको आवेदन, १५ दिनको म्याद



कठमाडौं । सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत सीईओको लागी दरखास्त मागेको छ । लामो समयदेखी सीईओविहिन रहेको बीमा कम्पनीले आइतबार एका सार्वजनिक सूचना प्रकाशन गरेर सीईओ मागेको हो ।

तत्कालिन ओली सरकारले उपसचिव रहेका डिल्लाराज अर्यालाई काजमा सीईओको जिम्मेवारी दिएर पठाएको थियो । कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि अर्याललाई सरकारले मन्त्रालयमै फिर्ता बोलाएको थियो ।

बीमा कम्पनकिो सीईओ बन्न बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शिक्षा, बीमा क्षेत्रमा भएमा कम्तीमा ५ वर्षको व्यवस्थापनको जिम्मेवारी बहन गरेको, बैंकिङ वा वित्तीय क्षेत्रमा भए आठ वर्षको अनुभवीले मात्रै दरखास्त दिन मिल्नेछ ।

दरखास्त वाललाले व्यावसायीक कार्ययोजना ५ हजार शब्दको लेखेर पेश गर्नुपर्नेछ । राष्ट्रिय बीमा संस्थानसंग छुट्टिएको बीमा संस्थाले विगतदेखीनै आफ्नो लेखपक्षिण गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्