नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाको आवेदन « Arthapath.com
७ असार २०८३, आइतबार

नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाको आवेदन



काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबारसम्म १७ जनाले आवेदन दिएका हुन् ।

मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले नेपाल आयल निगमको कार्यकारी निर्देशक बननको लागि आवेदन दिएका छन् ।

मन्त्रालयका अनुसार आवेदन गरेका उम्मेदवारहरुको छनोट समितिले कार्यपत्र प्रस्तुतिकरण र अन्तर्वार्ता लिनेछ । अन्तर्वार्ता र कार्यप्रस्तुतिकरणबाट धेरै अंक ल्याउने ३ जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव गर्ने छ । ३ जना मध्येबाट मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्नेछ । सुरेन्द्र पौडेलको कार्यकाल सक्किएसँगै निगम नेतृत्वबिहीन बन्न पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्