मध्य भोटेकोशीको सञ्चालकमा सुभाष कर्माचार्य « Arthapath.com
२० माघ २०७८, बिहीबार

मध्य भोटेकोशीको सञ्चालकमा सुभाष कर्माचार्य



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कर्माचार्य नियुक्त भएका छन् । माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी १ बर्षका लागि कर्माचार्यलाई सञ्चालकमा मनोनयन गरेको हो । कर्माचार्य नेपाल अरनीको हाइड्रोपावरका अध्यक्ष समेत रहेका छन् ।

यस कम्पनीमा संस्थापक शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय ३ कम्पनीहरु (नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट र सिन्धुपाल्चोक हाइड्रोपावर) को तर्फबाट आलोपालो प्रणाली अन्तर्गत कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सिन्धु इन्भेष्टमेन्टका अध्यक्ष नरेश लाल श्रेष्ठको कार्यकाल पुरा भई ३ कम्पनीको माघ १ गते बसेका संयुक्त निर्णयबाट माघ २ गतेदेखि १ बर्ष कायम रहेन गरी नेपाल अरनि हाइड्रोपावरका अध्यक्ष समेत रहेका कर्माचार्यलाई सञ्चालकमा मनोनयन गरेको हो ।

कर्मचार्यको कार्यकाल माघ २ गतेदेखि एक वर्षसम्मको लागि हुनेछ । कम्पनीको सञ्चालक समितिको माघ १६ गतेको बैठकले कर्माचार्यलाई मनोनयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्