प्रक्रिया नै पुरा नगरी धितोपत्र बोर्डको अध्यक्षमा ५ जना सर्टलिस्ट, प्रम पत्नि राणाको दबाबमा अध्यक्ष हत्याउँदै हमाल « Arthapath.com
२५ माघ २०७८, मंगलवार

प्रक्रिया नै पुरा नगरी धितोपत्र बोर्डको अध्यक्षमा ५ जना सर्टलिस्ट, प्रम पत्नि राणाको दबाबमा अध्यक्ष हत्याउँदै हमाल



काठमाडौँ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम छनोट भएको छ । सरकारले गठन गरेको छनोट समितिले अध्यक्षमा रमेश हमाल, डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेलको नाम छनोट गरेको छ । 

छनोट समिति गठन हुँदा देखीनै विवादित बनेको समितिले व्यावसायिक कार्य योजना बाहेक कुनै पनि छलफल प्रक्रिया पुरा नगरी ५ जनालाई सर्टलिष्ट गरेको छ । योजना आयोगको पुँजी बजार हेर्ने सदस्यको संयोजकत्वमा छनोट समिति गठन हुनुपर्नेमा योजना आयोगका उपाध्यक्ष आफै समितिको संयोजक बसेका थिए । 

आवेदक १५ जनामध्येबाट समितिले ५ जनाको नाम छनोट गरेको हो । ५ जनामध्ये पनि सबैभन्दा बढी चर्चा रमेश हमालको भएको छ । सर्टलिस्टमा परेका हमाल गैर आवासीय नेपाली हुन् । उनलाई अध्यक्ष बनाउन ठुलै व्यापारिक समूह लागेका छन् । सुरुमा हमालको नाम चर्चामै थिएन । एक्कासि सरकार र व्यापारीको पहलमा हमालको प्रवेश हुन लागेको हो । 

उता नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक गोपाल भट्ट  त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खगेन्द्र कटुवाल पनि लागिपरेका छन् । सर्टलिस्टमा परेका नीरज गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उप कार्यकारी निर्देशक हुन् ।

हमाललाई अध्यक्ष बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि डा.आरजु राणा लागिपरेकी छिन् । उता माअाेवादी अध्य्यक्ष प्रचण्डले बीमा समितिका पुर्वअध्यक्ष चिरञ्जिवी चापागाईँलाई बनाउन चाहेका थिए । तर चापागाइँ सर्टलिष्टमानै परेनन् ।

व्यवसायीक कार्य योजना बाहेक कुनैपनि प्रस्तुतीकरण विना नै सर्टलिष्ट हुनु कुनै स्वार्थ रहेको हुनसक्ने एक आवेदकले अर्थपथसंग भने । छनोट समितिले माओवादी निकट रहेकै आधारमा बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीको नाम हटाएका छन् । 


प्रतिक्रिया दिनुहोस्