सीईओ पौडेलेपछि प्रभु लाइफको अध्यक्षबाट डा. घिमिरेको राजीनामा, सुभाष अमात्य अध्यक्ष चयन « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

सीईओ पौडेलेपछि प्रभु लाइफको अध्यक्षबाट डा. घिमिरेको राजीनामा, सुभाष अमात्य अध्यक्ष चयन



काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले अमात्यलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, इन्स्योरेन्स कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले राजीनामा दिएका छन् । अध्यक्ष घिमिरेले दिएको राजीनामा आजदेखि नै लागु हुने गरी स्वीकृत गरेको छ ।
प्रभु लाइफका सीईओ नारायण पौडेलको राजीनामा, प्रसाईं बन्लान त सीईओ ?

यसअघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण पौडेलले राजीनामा दिएका थिए । सीईओ पौडेलले २०७९ बैशाख १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । प्रभु लाइफको फागुन १८ गते बसेको संचालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरिसकेको छ । पौडेल २०७६ जेठदेखि प्रभु लाइफको सीईओ पदमा काम गर्दै आएका छन् । उनी २०७६ साउन १ गतेदेखि ४ वर्षका लागि सीईओ पदमा नियुक्त भएका थिए । तर उनले कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्