बीमा क्षेत्रमा फर्किए बराल, राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

बीमा क्षेत्रमा फर्किए बराल, राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले ६ महिनाको लागी काजमा पठाइएका सीईओ ज्ञानेन्द्र ओझालाई फिर्ता बोलाएर बराललाई नियुक्त गरेको हो ।

बिहीवार बसेको कम्पनी संचालक समितिको बैठकले बराललाई नियुक्त गरेको हो । गत फागुनमा छनोटमा परेका ३ जनामध्येबाटै सीईओ नियुक्ती प्रक्रिया अघि बढेको थियो । ११ जना आवेदक मध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट आएको थियो ।

बीमा क्षेत्रमा लामो समय काम गरेका शेखर बराल ३ वर्षपछि बीमा क्षेत्रमा फर्किएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भैसकेका बराललाई सीईओ नियुक्ती गरेको हो ।

बराल अर्थमन्त्री जनार्दन शर्माको इन्टेष्टमा राष्ट्रिय बीमा कम्पनीको सीईओ बनेका हुन् । बरालले बैंक र बीमा क्षेत्रमा गरेर २५ वर्ष काम गरिसकेका छन् । पछिल्लो समय बराल युनाइटेड युन्स्योरेन्सबाट बीमा क्षेत्र छाडेका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्